सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ठूलो मात्रामा लागूऔषधसहित एक पक्राउ

ठूलो मात्रामा लागूऔषधसहित एक पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८२, बुधबार

पोखरा/पोखरामा लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ९ शान्तिवन नजिक आगू औषधको कारोबार गरिरहेको अवस्थामा सोही स्थानका ४३ वर्षिय सुनिल कमरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लागू औषध विक्रि वितरण भइरहेको भन्ने सूचना प्राप्त भएपछि सो स्थानमा प्रहरी पुगेको थियो । प्रहरीले सुनिलको साथबाट डाइजापाम ४६० एम्पुल, फेनारगन ४८१ एम्पुल, बु्रफिन ४८२ एम्पुल गरि कुल एक हजार ४२३ एम्पुल लागु औषध बरामद गरेको हो ।

उनको साथबाट एक थान मोबाइलसमेत बरामद गरिएको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । सुनिल विरुद्ध लागू औषध सम्बन्धि कसुरमा ४ दिनको म्याद थप गरि अनुसन्धान भइराखेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->