पोखरा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।
मोहनप्रसादको बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। उनी केही दिनदेखि बिरामी परेका थिए । उनी छोरीको घरमा बस्दै आएका थिए। शारीरिक अवस्था जटिल भएपछि आज बिहान अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
उनको पार्थिक शरीर केही बेरमा भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु लगिने र पशुपतिस्थित आर्यघाटमा आजै दाहसंस्कार हुने सचिवालयले जानकारी दिएको छ।





