शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जेष्ठ र असक्त नागरिकको दिवा सेवा कार्यक्रम चलाउन महायज्ञ

जेष्ठ र असक्त नागरिकको दिवा सेवा कार्यक्रम चलाउन महायज्ञ

जेष्ठ नागरिकलाई मनोरन्जन दिने, भजन गाउने, चिया खाजाको व्यवस्थापन गर्न केन्द्र संचालित हुनेछ । बजार क्षेत्रको नजिक भएकोले जोसुकै पनि यो केन्द्रमा आएर सेवा लिन सक्नेछन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०८२, बुधबार

बागलुङ/सामुदायिक सेवा केन्द्र बागलुङ नगरपालिका वडा नं. ३ गुठीले जेष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम संचालन गर्ने लक्ष्यले श्रीमद भागवत महापुराण पितृ सप्ताह लगाउने भएको छ । केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलबार जानकारी दिएको हो ।

गुठीस्थित चिप्लेटीमा चैतको २१ गतेदेखि २७ गतेसम्म महायज्ञ लगाइने केन्द्रकी अध्यक्ष लिलादेवी खड्काले बताइन् । उनले गरिब, जेहेन्दार, असक्त र अपांग तथा अभिभावकविहिन विद्यार्थीको लागि कोष स्थापना, गर्ने, सामाजिक सदभाव र भातृत्व कायम गर्ने तथा लागूऔषध अपराध, घरेलु तथा महिला हिंसा,बालश्रम शोषण विरुद्दका अभियान पनि संचालन गर्ने लक्ष्यले महायज्ञ संचालन गरिएको बताइन् ।

महायज्ञमा १ करोड संकलन गरेर हाल भैरहेका संरचनामा दिवा सेवा केन्द्र संचालन गर्ने जनाइएको हो । जेष्ठ नागरिकलाई मनोरन्जन दिने, भजन गाउने, चिया खाजाको व्यवस्थापन गर्न केन्द्र संचालित हुनेछ । बजार क्षेत्रको नजिक भएकोले जोसुकै पनि यो केन्द्रमा आएर सेवा लिन सक्नेछन् । निवृत्त भएकादेखि घरका परिवार बाहिर भएकोले एक्लो महसुस गरेका जो कसैलाई राखेर सेवा दिने लक्ष्य राखिएको उनले बताइन् ।

महायज्ञसँगै पितृ उद्दारको कार्य पनि गरेकोले महायज्ञमा धेरैको सहभागिता हुने जनाइएको छ । प्रमुख बाचकको रुपमा पण्डित तीर्थराज उपाध्याय हुनेछन् भने हरेक दिन विशेष प्रकृतिका भजनकृतन, योग र उत्प्रेरणात्मक क्रियाकलाप संचालन गरिने छ । पत्रकार सम्मेलनमा समाजसेवी सहदेव राजभण्डारी र खड्काले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए । कार्यक्रम संचालन केन्द्रकी महासचिव सावित्री केसीको गरेका थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->