सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

राप्रपा गण्डकी प्रदेश सभाको बैठकमा सहभागी हुने

राप्रपा गण्डकी प्रदेश सभाको बैठकमा सहभागी हुने

जेन जी आन्दोलनपछि राप्रपाका सबै संघीय र प्रदेश सांसदले गत भदौ २४ मा सामुहिक राजीनामा दिएका थिए ।


  • ढाेरपाटन संवाददाता
  • चैत्र ८ २०८२, आइतबार
फाइल तस्विर

पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरु आज हुने गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्तर्गतको बैठकमा सहभागी हुने भएका छन् । राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले प्रदेश सभा बैठकमा सहभागी हुने जनाएका हुन् ।

जेन जी आन्दोलनपछि विकसित घटनाक्रमका कारण तत्कालिन सरकार, संसद र संविधानको समेत औचित्य समाप्त भएको भन्दै राप्रपाका सबै संघीय र प्रदेश सांसदले गत भदौ २४ मा सामुहिक राजीनामा दिएका थिए ।

उतिबेला राजिनामा दिई संसदबाट बाहिरिने निर्णय राप्रपाले गरेपछि गण्डकी प्रदेशका दुई सांसद यसअघिका (जेन जी आन्दोलन पछि) प्रदेश सभा बैठकमा सहभागी भएका थिएनन् । प्रतिनिधि सभा भंग भएर नयाँ निर्वाचन सम्पन्न भइसकेको छ ।

राप्रपा संसदीय दलका नेता गुरुङले आजको बैठकमा आफु र अर्का सांसद बिन्दु पौडेल सहभागी हुने बताए । जेन जी आन्दोलनपछिको अन्यौलका कारण के गर्ने कसो गर्ने भन्ने विषयमा छलफलका लागि आफु काठमाडौंमा भएकाले यसअघि भएका बैठकमा उपस्थित हुन नसकेको उनको भनाई थियो । ‘अहिले अव संसदमा गएर काम गर्नुपर्छ भन्ने भयो’, गुरुङले भने, ‘अव बैठकमा सहभागी हुन्छौ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->