शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

क्षेत्री समाज बागलुङको अध्यक्षमा रुद्र महत

क्षेत्री समाज बागलुङको अध्यक्षमा रुद्र महत


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०८२, मंगलबार

बागलुङ/क्षेत्री समाज बागलुङको तीन दिनदेखि जारी अधिवेसनबाट रुद्रबहादुर महत दोश्रो पटक अध्यक्ष बनेका छन् । १८ औं वार्षिक साधारणसभा तथा छैठौ अधिवेसनबाट महत दोश्रो कार्यकालमा चयन भएका हुन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा राधिका कुँवर, उपाध्यक्षमा हिमबहादुर खड्का र महिला उपाध्यक्षमा भीमकुमारी क्षत्री चयन भए । सचिवमा लोकबहादुर खड्का, सहसचिवमा मञ्जु क्षेत्री र कोषाध्यक्षमा प्रविन थापा चयन भएका छन् ।

सहमति नभएपछि गत शनिबारको अधिवेसनले निर्णय दिन सकेको थिएन । अध्यक्षका दाबेदारहरु पछि हटेर महत नै आएपछि सबै सहमत भएका छन् ।

समितिका सदस्यमा उजेजी खत्री, रेणु केसी, सीता थापा, सरिता थापा, हिमशिला खत्री, कल्पना चालिसे र कृष्ण कुमारी क्षत्री रहेका छन् । खुला सदस्यतर्फ विश्व गौतम, अमरबहादुर क्षेत्री, सर्वजित केसी, यामबहादुर खड्का, अकिल बहादुर केसी, कृष्णबहादुर कार्की, विष्णुबहादुर खड्का सर्वसम्मत भए ।

१७ वर्षअघि स्थापना भएको समाजले क्षत्रीलाई एकजुट बनाउने काम गरेको छ । पहिलो अध्यक्षमा बाबुराज कार्की रहेका थिए । त्यतिबेला क्षेत्रीहरुको राजनीतिक दल समेत बनेकोमा आवस्यक मत नआइ राष्ट्रिय दल नबनेपछि त्यो दल समेत अहिले अस्तित्वमा छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->