सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा जलाइयो कार्की आयोगको प्रतिवेदन

पोखरामा जलाइयो कार्की आयोगको प्रतिवेदन


  • ढाेरपाटन संवाददाता
  • चैत्र १४ २०८२, शनिबार

पोखरा/ अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको बिरोध गर्दै नेकपा एमाले निकट विद्यार्थी र युवा संगठनले शनिवार पोखरामा प्रदर्शन गरेका छन । साथै जेन–जी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन पनि उनीहरुले जलाएका छन् ।

कार्की आयोगको प्रतिवेदनका आधारमा एमाले अध्यक्ष ओली र लेखकलाई शनिबार सरकारले पक्राउ गरेको छ । पार्टी अध्यक्ष माथि थरपकड भएको भन्दै पोखरामा विरोध गरिएको हो । अनेरास्ववियु र युवा संघ नेपालको अगुवाइमा निकालिएको विरोध ¥याली एमाले कास्की जिल्ला पार्टी कार्यालयबाट सुरु भएर पृथ्वीचोकसम्म पुगेको थियो । ¥यालीमा सहभागीहरूले नाराबाजी गर्दै सरकार र आयोगविरुद्ध आक्रोश व्यक्त गरेका थिए ।

उनीहरुले भदौ २४ गते सर्वोच्च अदालत जलाइएको भन्दै त्यसको दोषीमाथि छानविन गरेर कारबाहीको माग गरेका छन् । उनीहरुले ‘बालेन सरकार मुर्दावाद, गृहमन्त्री राजीनामा देउ, कानुनको पालना गर, विदेशी कठपुतली सरकार राजीनामा दे’ लगायत नारा लगाएका थिए ।

पृथ्वीचोकमा आयोजित कोणसभामा बोल्दै अनेरास्ववियु गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले कार्की आयोगको प्रतिवेदनले यथार्थ चित्रण गर्न नसकेको आरोप लगाए । उनीहरूले आन्दोलनका क्रममा भएको घटनालाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गर्दै प्रतिवेदन तत्काल खारेज गर्न माग गरे । उनले विना सर्त केपी शर्मा ओलीलाई रिहा गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा केही समय पृथ्वीचोक क्षेत्रको यातायात प्रभावित भएको थियो । सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । एमाले निकट संगठनहरूले पार्टी केन्द्रको निर्देशनअनुसार आगामी दिनमा पनि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->