सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८२, आइतबार

पोखरा/ हावाहुरीका कारण फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार दिउँसो फेवातालको बीच भागमा अलपत्र परेका ती व्यक्तिहरुलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो ।

अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरु तालको बीच भागमा फसेका थिए । हावाहुरीले बोट नियन्त्रण बाहिर गएपछि उनीहरु गन्तव्यमा पुग्न नसकी जोखिमपूर्ण अवस्थामा अलपत्र परेका हुन् । तालमा मानिसहरु फसेको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको टोली घटनास्थलतर्फ परिचालन भएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घ.म.को कमाण्डमा खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेर किनारमा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । हावाहुरी दिउँसो करिब ४ः१५ बजेको समयमा आएको थियो । उद्धार गरिएकाहरुमा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षीय सागर भुजेल र २० वर्षीय सुमन चौधरी रहेका छन् । त्यसैगरी पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षीया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण–३ बागलुङ बस्ने २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया सन्जिता मगर र १९ वर्षीया रिया मगरको उद्धार गरिएको हो । त्यस्तै २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडब गरी तीन भारतीय पर्यटकको पनि उद्धार गरिएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->