सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पर्यटन मन्त्रीलाई भेट्न वेइवसाइडमा फाराम, अब यसो गर्नुहोस्

पर्यटन मन्त्रीलाई भेट्न वेइवसाइडमा फाराम, अब यसो गर्नुहोस्

फाराममा आफ्नो, नाम ठेगाना, सम्पर्क नम्बर लेखेर मात्र पुग्दैन । त्यहाँ कुन प्रयोजनका लागि भेट्न खोजिएको हो, त्यो पनि खुलाउनु पर्छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८२, बिहिबार

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री खड्कराज पौडेल (गनेस)ले आफूलाई भेट्न चाहनेहरू सर्वसाधारण तथा पार्टीका कार्यकर्ताहरूले अघिल्लो दिन नै फाराम भर्नु पर्ने व्यवस्था गरेका छन् ।

यो हप्तादेखि यस्तो व्यवस्था लागु गरिएको मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए । उनले भने, ‘मन्त्रालयमा अनावश्यक भिडभाड नहोस भनी भेटघाटलाई व्यवस्थित बनाउन हामीले यस्तो नियम बसालेका हौ ।’ उनका अनुसार मन्त्रीकै चाहना अनुसार अघिल्लो दिन फाराम भर्नु पर्ने व्यवस्था मिलाएको हो ।

मन्त्रीलाई भेट्न भर्नु पर्ने फारम मन्त्रालयको वेइवसाइडमा राखिएको छ। वेइवसाइडमा ‘मन्त्री ज्युलाई भेट्न यहाँ क्लिक गर्नुहोस’भनी लेखिएको छ । त्यहाँ क्लिक गर्दा फाराम भेटिन्छ । त्यसमा आफ्नो, नाम ठेगाना, सम्पर्क नम्बर लेखेर मात्र पुग्दैन । त्यहाँ कुन प्रयोजनका लागि भेट्न खोजिएको हो, त्यो पनि खुलाउनु पर्छ ।

फाराममा नै प्रयोजनबारेमा बिकल्प राखिएको छ । संस्कृति सम्बन्धी, पर्यटन सम्बन्धी, नागरिक उडयन सम्बन्धी तथा अन्य प्रयोजन मध्ये कुनै एक ठाउँमा क्लिक गर्नु पर्छ । त्यसपछि भेट्ने मिति आफूले छान्नु पर्छ । मन्त्रीलाई भेट्ने समय भने मन्त्रालयले नै तोकेको छ । हरेक दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म भेट्न समय तोकिएको छ । मन्त्रालयका अनुसार फाराम भरे पछि मन्त्रीलाई भेट्न समय पाउने व्यवस्था गरिएको छ ।

मन्त्रालयको वेइवसाइडमा फाराम भरेरै गुनासो तथा सुझाव दिनकोलागि व्यवस्था गरिएको छ । मन्त्रालयको अनुसार गुनासोको लागि फाराम भर्ने व्यवस्था पहिले नै गरिएको थियो । तर भेट्नकोलागि फाराम भर्नु पर्ने व्यवस्था भने पहिलो पटक गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->