आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

खौलालाँकुरी पोखरा सम्पर्क समाजको क्यालेन्डर सार्वजनिक

खौलालाँकुरी पोखरा सम्पर्क समाजको क्यालेन्डर सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८२, शनिबार

पोखरा / खौलालाँकुरी पोखरा सम्पर्क समाजको आगामी नयाँ वर्ष २०८३ को भित्ते पात्रो (क्यालेन्डर) सार्वजनिक गरिएको छ । उक्त अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

समाजका अध्यक्ष लालप्रसाद शर्मा, निवर्तमान अध्यक्ष पिताम्बर पौडेल, संस्थाक अध्यक्ष टंकबहादुर कार्की क्षेत्री, पूर्वअध्यक्ष जितेन्द्रबहादुर कुँवरलगायतले क्यालेन्डरको बिमोचन गरेका थिए । संस्थाका अध्यक्ष शर्माले समाजले गर्दै आएको क्रियाकलापसम्बन्धी जानकारी गराउँदै संस्थालाई थप गतिशील बनाउन आवस्यक सुझाव मागेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर खत्रीले धन्यवाद दिएको कार्यक्रममा उपाध्यक्ष एवं क्यालेन्डर प्रकाशन संयोजक प्रेम सुवेदीले स्वागत गर्दै क्यालेन्डर प्रकाशनबारे जानकारी दिएका थिए ।

कार्यक्रममा सल्लाहकारहरु हर्कबहादुर कार्की क्षेत्री, चन्द्रबहादुर केसी, दलबहादुर सुनार, शिवलाल विश्वकर्मा, कृष्णप्रसाद चपाईं, कल्पनाकुमारी पौडेल, पूर्वसल्लाहकार खड्कबहादुर पाैडेल क्षेत्रीलगायत सहभागी सबैले नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए । अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रम सचिव गंगाकुमारी कार्कीले सञ्चालन गरेकी थिइन् ।

समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीबाट पोखरामा आई विभिन्न पेशा तथा व्यवसायमा संलग्न एवं स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरुको संस्था हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->