शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार दोहोरिए

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार दोहोरिए


  • ढाेरपाटन संवाददाता
  • चैत्र २९ २०८२, आइतबार

बागलुङ/सामाजिक कार्यमा सक्रिय हुँदै आएको प्रबुद्ध युवा समुह बागलुङको अध्यक्षमा रोहित सुनार दोहोरिएका छन् । समुहको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले अध्यक्षमा सुनारलाई चयन गरेको हो ।

समुहको उपाध्यक्षमा रेजिना खत्री, सचिवमा अन्जान बोसेल, कोषाध्यक्ष वर्षा प्रधान, सह–सचिवमा जान्वी नायर चयन भएका छन् । यस्तै, सदस्यहरुमा सक्षम श्रेष्ठ, सागर विक, रोहन सुनार, मनिषा पौडेल र रेजिना सुनार चयन भएका छन् ।

संरक्षकहरुमा विजय राना, रोमन घमाल, राजेश बोहरा चुनिँदा सल्लाहकारमा दिलिप प्रतेल, विशेष पराजुली, सुमन बोहरा, जेनिशा नायर चयन भएका छन् । कार्यक्रममा कोषाध्यक्ष रेजिना खत्रीले आर्थिक र उपाध्यक्ष अन्जान बसेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ सल्लाहकार राजेश बोहोराले समुहले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गरे । समुहका अध्यक्ष रोहित सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अन्जान बोसेल र सञ्चालन सल्लाहकार दिलिप प्रतेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->