शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आगलागी हुँदा दुई घर र एक गोठमा क्षति

आगलागी हुँदा दुई घर र एक गोठमा क्षति


  • ढाेरपाटन संवाददाता
  • चैत्र २९ २०८२, आइतबार

बागलुङ/गलकोट नगरपालिका वडा नं. ७ मल्मको बामियामा आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट भएका छन् ।

शुक्रबार मध्यरातमा स्थानीय टिका बहादुर खड्काको घरमा आगलागी हुँदा मानवीय र पशुचौपायामा क्षति नभएपनि दुई घर र एक गोठ जलेर पूर्णरुपमा नष्ट भएको मल्मका वडा सदस्य नरबहादुर थापा मगरले जानकारी दिए ।

एक्कासी आगलागी हुँदा घर सुत्नुभएका टिकाबहादुरकी श्रीमती, बुहारी र नातिनीले भागेर ज्यान जोगाएपनि घर, त्यहाँ रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद जल्दा एक करोडभन्दा बढीको क्षति भएको वडासदस्य मगरले बताए ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । रातको समयमा लागेको आगो स्थानीयबासीको प्रयासमा नियन्त्रणमा लिईएको मगरले जानकारी दिए ।

टिकाबहादुरले बैशाखमा चौरासी पूजाको समेत तयारी गरेकाले घरमा राखिएको नगद, पुजाका सामग्री समेत जलेर नष्ट भएको मगरको भनाई छ । घरमा रहेको केही सुन जलेको अवस्थामा भेटिएपनि केही सुन फेला नपरेको मगरले जानकारी दिए ।

मध्यरातमा लागेको आगोबाट मानवीय क्षति नभएपनि दुई घर र एक गोठ जलेर नष्ट हुनुका साथै घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्तजंग पाण्डेले जानकारी दिए । आगलागीबाट के कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->