शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

भौतिक प्रगतीमा ध्यान, समस्यामा मौन

भौतिक प्रगतीमा ध्यान, समस्यामा मौन


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८३, शुक्रबार

बागलुङ /गत असोज ११ गते कालीगण्डकी सहित निसीखोला, ताराखोला, गलकोट, बडिगाड र निसीखोलामा पनि बाढी र पहिरोले धेरै क्षति ग¥यो । उक्त बाढीबाट भएको क्षतिबारे यकिन तथ्यांक त अझै आएको छैन तर यो क्षति आउनुमा नदीखोलामा दोहन बढ्नु, ग्रामीण सडकहरु जथाभावी खन्नु, खोला छेउमा घर बनाउन नहुने मापदण्ड पालना नहुने जस्ता बिषयमा भने जिल्लाका सरोकारवालाको मन्थन बढेको छ । तर आफ्नो भौतिक र बित्तिय प्रगतीमा डाटा सहित प्रस्तुत भएका कार्यालयले जल्दोबल्दो समस्यामा भने मौन रहेका छन् ।

जिल्ला समन्वय समितिले आयोजना गरेको तीन दिने वार्षिक समीक्षामा समेत जनप्रतिनिधि, कर्मचारी र गैरसरकारी क्षेत्रका प्रतिनिधिले यस्ता समस्या बारे बहस गरे । तर जिल्लामा भैरहेको नदी खोला दोहन, भाडामा मनोमानी, बिपतका वास्तविक पीडितले राहत पाए नपाएको यकिन नगर्ने र डिपिआर बिनाका योजनामा लगानी बढीरहेको छ । ती बिषयमा अधिकांसको ध्यान गएको देखिएको छैन ।

तर सबै कार्यालयले गत आर्थिक बर्षमा गरेका कामहरुको समीक्षा गरेपनि वर्तमान अबस्थाको चित्रण नभउको सहभागिले बताए । ‘जति छलफल गर्न चाहेका थियौं, त्यति त समय भएन, यो गत बर्षको कामको मात्रै समीक्षा थियो’ जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले भने, ‘तरपनि मोटामोटी रुपमा अहिलेको क्षतिमा धेरै बिषयहरु मनवीय त्रुटीकै कारण हुन् भन्नेमा सबैको मत रहेको छ ।’ यद्यपी अघिल्ला बर्ष भन्दा अत्याधिक पानीले कालीगण्डकी नदी बढेको र त्यसले बागलुङ जोड्ने मालढुंगा पुलको एक खण्ड बगेको उनले बताए ।

जिल्ला समन्वय समिति सबै बिकासे कार्यालय, स्थानीय तह र गैरसरकारी संस्थाको अनुगमन गर्ने अगुवा संस्था हो । ढुंगा गिटी र वालुवाको अवैध उत्खनन् र दोहन भएको खण्डमा कारवाहीकालागि सिफारिस गर्ने संस्था पन िहो । यो संस्थाकै सिफारिसको आधारमा स्थानीय तहले कारवाही गर्छन् । गत बर्ष समितिले सिफारिस गरेकै कारण बागलुङ नगरपालिका वडा नंं १० र १३ को सिमानामा नदी दोहन गरिएको सामाग्री जफत गरी दोहन गर्नेलाई १५ लाख रुपैयाँ सम्म जरिवाना भएको थियो ।

असोज २१ देखि २३ गतेसम्म भएको समीक्षामा भने सबै कार्यालयको भौतिक र बित्तिय प्रगती बारे छलफल भएको थियो । सबै नगरपालिका तर्फ गलकोट, सबै गाउँपालिका तर्फ तमानखोला गाउँपालिका र सबै प्रदेशका सरकारी कार्यालय तर्पm प्रदेश जनस्वास्थ्य कार्यालय उत्कृष्ठ भएका थिए । उनीहरुले पूजिगत खर्च, बिकास खर्च, मूल्याकनका अन्य आधारमा रहेका एफआरए र लिजा जस्ता बिषयमा पनि उत्कृष्ठ अंक ल्याएका थिए ।

त्यस बाहेक सबै कार्यालयले आफ्नो वार्षिक कार्ययोजना र भएको प्रगती विवरण प्रस्तुत गरेका थिए । जस अन्र्तगत बागलुङ नगरपालिकाले योजना तर्फ ७४ दशमलब ७७ प्रतिशत र वित्तिय तर्फ ८३ प्रतिशत प्रगती गरेको थियो । जैमिनी नगरपालिकाले योजना तर्फ ५५ र वित्तिय तर्प ८८ प्रतिशत, गलकोटले योजना तर्फ ६९ दशमलब ६९ र वित्तिय तर्प ८८ दशमलब ९७ प्रतिशत र ढोरपाटन नगरपालिकाले योजनामा ७५ दशमलब ९ प्रतिशत र वित्तिय तर्फ ८८ दशमलब ७६ प्रतिशत प्रगती गरेको देखाएको थियो ।
कठेखोलाले योजनामा ७५ र वि ित्तय तर्फ ९०, बरेङले योजनामा ७६ र बित्तियमा ८४, तारखोलाले योजनामा ७४ र बित्तियमा ८४, बडिगाडले योजनामा ६९ र बित्तियमा ८८, तमानखोलाले योजनामा ७६ तथा बित्तियमा ८० प्रतिशत प्रगती गरेको देखिएको थियो भने निसीखोलाले योजनामा ७८ र बित्तियमा ८८ प्रतिशत प्रगती गरेको थियो ।

बिकासे कार्यालयहरु ऋधिकांसले ७० देखि ८० प्रतिशतको प्रगती गरेको देखाएका थिए भने गैरसरकारी संस्थाहरुले पनि आफ्नो योजना र कार्यक्रम प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिका अनुसार जिल्ला भित्र संघीय कार्यालयबाट गत आथिृक बर्ष कुल ९ अर्ब ८२ करोड २७ लाख रुपैयाँमा ८ अर्ब ६६ करोड ८१ लाख खर्च भई ८८ दशमलब २४ प्रतिशत प्रगती गरेको देखिएको हो ।

प्रदेश बजेट तर्फ २ अर्ब ४८ करोड १६ लाख बजेटमा १ अर्ब ९१ करोड ७० लाख खर्च भइ ७७ दशमलब २४ प्रतिशत प्रगती भएको देखिएको जिल्ला समन्वय अधिकारी अर्जुन शर्माले बताए । जिल्ला समन्वय प्रमुख अमर थापाको अध्यक्षता, सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालनमा सम्पनन कार्यक्रममा जिल्ला समन्वय अधिकारी शर्माले बैठकको बिषय बस्तु, समीक्षाको औचित्य र जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->