पोखरा/सञ्चारिका समूह गण्डकी प्रदेशको सातौँ अधिवेशनबाट राधिका (राधी) कँडेल अध्यक्षमा चुनिएकी छन् । कार्यसमितिको उपाध्यक्षमा कन्चन थापा, महासचिवमा उमा आले मगर, सचिव अनिता घिमिरे, बालकुमारी पौडेल (तारा) र सदस्यहरुमा शोभा नेपाल, रोशी श्रेष्ठ रीना थापा, देविका तामाङ, सपना अधिकारी तथा बिनाकुमारी थापा चयन भएका छन् ।
अधिधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीले नेतृत्व तहमा महिलाको सहभागीता बढाउन सञ्चारिकाले भूमिका खेल्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, सञ्चारिका समूह नेपालका अध्यक्ष कमला पन्थी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सञ्चारिका समूह नेपालका उपाध्यक्ष बसन्ती वास्तोला, पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, सञ्चारिका समुह गण्डकीका पूर्वअध्यक्ष स्मिता अधिकारी लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको संचालन समूहका कोषाध्यक्ष उमा आले मगरले गरेकी थिइन । महासचिव र कोषाध्यक्षको प्रतिवेदन सभाले पारित गरेको छ ।





