शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ज्येष्ठ नागरिकलाई वडा कार्यालयको सहयोग

ज्येष्ठ नागरिकलाई वडा कार्यालयको सहयोग


  • ढाेरपाटन संवाददाता
  • बैशाख १ २०८३, मंगलबार

बागलुङ/बागलुङ नगरपालिका वडा न. १ को कार्यालय रामरेखाले ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ । वडाका ७० वर्षिय ज्येष्ठ नागरिकलाई लामखुट्टेबाट बच्न झुल, पानी तातो बनाउन थर्मस र कप लगायतका सामाग्री सहयोग गरिएको हो ।

सामाग्री हस्तान्तरण गर्दै बागलुङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जयबहादुर केसीले ज्येष्ठ नागरिकको सम्मान स्वरुप विभिन्न सामाग्री सहयोग गरिएको बताए । उनले ज्येष्ठ नागरिक समाजका महत्वपूर्ण व्यक्ति भएको उल्लेख गर्दै सम्मान गरिएको बताए ।

‘‘उहाँहरुसँग ज्ञान छ, अनुभव छ, समाजको विकास र रुपान्तरणमा ज्येष्ठ नागरिकको महत्वपूर्ण भूमिका रहन्छ’’ केसीले भने, ‘‘ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्छ ।’’

आर्थिक बर्ष २०८२÷८३ मा विनियोजित एक लाख रुपियाँबाट वडाले ५० जना ज्येष्ठ नागरिकलाई सामाग्री सहयोग गरेको हो । वडाले गत वर्ष ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहयोग पुर्याउने उद्धेश्यले लठी सहयोग गरेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव सिता पुनले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->