
पोखरा/ प्रहरीले ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिलालाई पोखराबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा– ११ फूलबारीबाट २७ वर्षीया मन्दिरा मगरलाई पक्राउ गरेको हो ।
छापा मार्ने क्रममा उनको साथबाट ब्राउन सुगर १०२.३७ ग्राम र ९ लाख रुपैयाँ नगद बरामद भएकाे छ । ब्राउन सुगर जोख्न प्रयोग हुने एउटा डिजिटल तराजु र मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनी लमजुङको मध्य नेपाल ६ स्थायी घर भई हाल पोखरामा डेरा गरी बस्दै आएकी थिइन् ।
उनको कोठाबाटै सामानहरू बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । अदालतबाट म्याद थपेर उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ भने बरामद गरिएको ब्राउन सुगर र नगद ल्याब टेस्टका लागि पठाइएको छ ।





