शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पोखरामा २ जना टोले गुण्डा नक्कली पेस्तोलसहित पक्राउ

पोखरामा २ जना टोले गुण्डा नक्कली पेस्तोलसहित पक्राउ


  • ढाेरपाटन संवाददाता
  • बैशाख ११ २०८३, शुक्रबार

पोखरा/ जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका–८ सिमलचौरबाट दुई जना टोले गुण्डालाई नक्कली पेस्तोलसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार वैशाख १० गते साँझ करिब ७‍३० बजे स्थानीयवासीलाई हतियार देखाई डरत्रास देखाएको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका–२ स्थायी घर भई हाल पोखरा–८ सिमलचौर बस्दै आएका ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थ रहेका छन्। उनीहरूको डेरा कोठामा खानतलासी गर्दा रडको स्लाइड स्टिक १ थान, नक्कली पेस्तोल १ थान, पेस्तोल कभर १ थान तथा दुई थान नोक बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->