म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) म्याग्दीको गएको शनिबार बसेको जिल्ला कार्यसमितिको निर्णय बमोजिम बिहीबारदेखि वडा अधिवेशन शुरु गरेको छ ।
जेठ महिना भित्र जिल्लाका ४५ वटै वडाको अधिवेशन सक्ने कार्यदिशा तय गरेको रास्वपाले बिहीबार रघुगंगा गाउँपालिका ३ पिप्लेको वडा अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनबाट शेर बहादुर शाही (रामु शाही) को अध्यक्षतामा नयाँ वडा समिति गठन गरेको छ ।
नवगठित समितिको उपसभापति जुना केसी भण्डारी, सचिव गणेश भण्डारी, सहसचिव पुष्पाकुमारी सिंह रहेका छन् । त्यसैगरी सदस्यहरुमा इन्द्र बहादुर किसान, शारदा मल्ल, देउ बहादुर भण्डारी, रेखा रकाल, कोपिला कुमारी मल्ल शाही रहेको रास्वपा म्याग्दीका सभापति युवराज रोकाले जानकारी दिए ।
त्यसैगरी संगठन विभाग प्रमुखमा सुमन शाही, उप–प्रमुखमा गोपाल मल्ल र सदस्यहरु दुर्गा शाही र कुविर शाही रहेका छन् । त्यस्तै ¥यापीड एक्सन टिम (आरएटी) प्रमुख भलप्रसाद कार्की, उपप्रमुख मीनबहादुर शाही र सदस्य सोम परियार रहेका छन् ।
रास्वपाले बैशाख र जेठ महिना भरीमा जिल्लाका सबै ४५ वटै वडाको अधिवेशन गर्ने कार्यदीसा अनुसार अगाडी बढ्ने सभापति रोकाले बताए ।





