शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रास्वपा महाधिवेशन: बालेन र रविसँगै गगनले पनि बजाए घण्टी

रास्वपा महाधिवेशन: बालेन र रविसँगै गगनले पनि बजाए घण्टी

भरतपुरमा आयोजित उद्घाटन समारोहमा मुसलधारे वर्षाका बीच पनि उत्साहपूर्ण वातावरण देखिएको छ।


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८३, आइतबार

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह र पार्टी सभापति रवि लामिछानेले आईतवार संयुक्त रूपमा पार्टीको चुनाव चिह्न ‘घण्टी’ बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।

उद्घाटन सत्रमा विशेष अतिथिका रूपमा आमन्त्रित नेपाली कांग्रेसका समापति गगन थापाले समेत घण्टी बजाएर रास्वपाको महाधिवेशनमा ऐक्यबद्धता जनाएका थिए। भरतपुरमा आयोजित उद्घाटन समारोहमा मुसलधारे वर्षाका बीच पनि उत्साहपूर्ण वातावरण देखिएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उल्लेख्य उपस्थिति रहेको छ  । समारोहमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले सहभागी भई महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै छन् ।

रास्वपाले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई महाधिवेशनमा आमन्त्रण गरेको थियो । महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता नरहेको आयोजकले जनाएको छ । रास्वपाको यस पहिलो महाधिवेशनले पार्टीको नयाँ नीति, मार्गचित्र र आगामी नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->