शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आवश्यक परे ब्रिटिस सरकारबाट प्रमाण ल्याउँछौँ भनेका हौँ, मध्यस्थकर्ता राख्छौँ भनेको होइन: प्रधानमन्त्री बालेन

आवश्यक परे ब्रिटिस सरकारबाट प्रमाण ल्याउँछौँ भनेका हौँ, मध्यस्थकर्ता राख्छौँ भनेको होइन: प्रधानमन्त्री बालेन

''सरकार ‘एक्सप्रेस वे’मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ''


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८३, आइतबार

चितवन / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालको सीमा सम्बन्धी प्रमाण आवश्यक परे त्यसबेलाको ब्रिटिस सरकारबाट पनि ल्याउने भनेको प्रस्टीकरण दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै शाहले प्रतिनिधिसभामा बोलेको देशको सीमाको विषयमा प्रस्टीकरण दिएका छन्।

शाहले भने, ‘हाम्रा सीमा मिचिएका छन्। त्यसका प्रमाण पनि हामीसँग छन्। कालापानी-लिपुलेक हाम्रो हो। त्यसबारे ब्रिटिस सरकारबाट प्रमाण ल्याउनुपर्छ भने पनि ल्याउँछौँ भनेका हौँ। ब्रिटिस सरकारलाई मध्यस्थकर्ता राख्छौँ भनेको होइन।’

कसैको पनि सीमा मिच्दा आफ्नो भनाइ आउने गरेको र नेपालले सीमाको विषयमा कुरा गर्दा भारतको प्रतिक्रिया आएको दाबी प्रधानमन्त्री शाहले गरेका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै नेपालले पनि भारतको सीमा मिचको विवादास्पद अभिव्यक्ति दिएका थिए।

त्यतिमात्रै होइन, नेपालको सीमाको विषयमा सरकारले बेलायत सरकारसँग पनि नेपाल भारतको सीमाको विषयमा प्रमाण मागेको दाबी संसद बैठकमा गरेका थिए।

शाहले संसदमा बोलेको विषयमा त्यसयता विवादित हुँदै आएको छ। राजनीतिक दलहरुले शाहलाई आफ्नो अभिव्यक्तिको प्रस्टिकरण माग्दै आएका थिए। प्रधानमन्त्री शाहले रास्वपाको महाधिवेशन मञ्चलाई आफ्नो अभिव्यक्तिको प्रस्टिकरण दिने अवसरको रुपमा प्रयोग गरेका छन्।

प्रधानमन्त्री बालेनले सरकार ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी भएको भन्दै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताएका छन्। ‘त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा खेरी हो। गाडी सिधा गइराख्दा लेफ्टबाट गाँडी आउँछ, राइटबाट मान्छे आउँछ,’ उनले भने, ‘हाम्रो गाडी एक्सप्रेस वे हिँडे्को गाडी हो, गन्तव्यमा पुग्नु अघि ब्रेक लगाउनु जरुरी हुँदैन र हाम्रो गाडी अनिन्त्रित पनि छैन।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->