शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नु हाम्रै कमजोरी: खनाल

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नु हाम्रै कमजोरी: खनाल

‘उहाँमाथि जुन हत्याको षड्यन्त्र रचियो, नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र हो । यो सिंगो कम्युनिस्ट आन्दोलनमाथि षड्यन्त्र जारी छ'


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८३, आइतबार

काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको स्वीकार गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् ।

‘मदन भण्डारी र उहाँको बारेमा चर्चा गरिरहँदा जीवराज आश्रित कमरेडलाई छुट्याउनै मिल्दैन । उहाँहरूको हत्या अत्यन्तै रहस्यमयी ढंगले भयो । यी हत्याराहरू कसले हत्या गरेका थिए ?,’ खनालले भने, ‘ती कुराहरूलाई आजसम्म पनि पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ ।’ मदन भण्डारीको हत्याको षड्यन्त्र नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्रस्वरुप भएको उनको भनाइ थियो ।

‘उहाँमाथि जुन हत्याको षड्यन्त्र रचियो, नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र हो । यो सिंगो कम्युनिस्ट आन्दोलनमाथि षड्यन्त्र जारी छ,’ उनले भने । आफूहरू मार्क्सवाद, लेनिनवादलाई नेपाली क्रान्तिको विशेषता र विशिष्टतामा लागू गर्न क्रियाशील रहेको उनले बताए ।

खनालले समय र परिस्थितिले हिर्काउन थालेको भन्दै एकताको विकल्प नभएको बताए । उनले आजकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउन थाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->