शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ: प्रचण्ड

छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ: प्रचण्ड

‘राष्ट्रिय स्वाधिनता, निरंकुशताका विरूद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरूद्ध छिटोभन्दा वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुनेछ।’


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८३, आइतबार

काठमाडौं / नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले वामपन्थी र देशभक्तहरू ढिला नगरी एक हुनुपर्ने बताएका छन्। उनले अहिल्यै, आजै सहकार्य गर्नुपर्ने पनि बताए।

मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा आज बोल्दै प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधिनता, निरंकुशताका विरूद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरूद्ध छिटोभन्दा वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुनेछ।’

उनले विचार मिल्नेहरू एकता गर्न ढिला गर्दा ठूलो दुर्भाग्य हुनसक्ने बताए । ‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भन्छन्, मलाई अनौठो लाग्छ । मैले आजै भोलि नै पार्टी एकता गरौं भनेको पनि छैन । मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौं भनेको हुँ,’ प्रचण्डले भने ।

उनले वर्तमान सरकार संविधानका आधारभूत विषयमा प्रहार गर्नेतिर उद्धत रहेको आरोप लगाए । ‘सरकार संविधानका आधारभूत कुरामा प्रहार गर्ने, उत्पिडीत समुदायमाथि प्रहार गर्न उद्धत भएको देखिंदै गएको छ । यो सबैको तार्गेट मूल कुरा कम्युनिस्ट आन्दोलनलाई कसरी सकाउने ? भन्नेतिर छ,’ प्रचण्डले भने ।

‘म विल्कुल हतारिएको छैन । हुन त मलाई मानिसहरूले विभिन्न कोणबाट हेर्दै विभिन्न चित्र बन्ने गरेको छ । मैले क्रमभंग भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन् । यो त प्रकृति, समाज र मानव समाजको नियम हो, निरन्तरतामा क्रमभंग । मैले त्यही भन्ने गर्छु । गरिराख्नुपर्ने हुन्छ, क्रमभंग,’ प्रचण्डले भने।

आफ्ना केही साथीहरू सधैं एकै ठाउँमा बस्ने गरेको र भिक्षु बनेर घण्टी बजाइरहेको टिप्पणी पनि उनले गरे । ‘क्रममै बस्नुभयो भने, जानुभयो । हाम्रा धेरै साथीहरू बसिरहेका छन् । बौद्ध भिक्षु रहेछौं घण्टी बजाइराख्छु भन्या छ, अहिले पनि नयाँ जनवाद नै भनेको छ, त्यो कुराले कहिँ लाँदैन,’ प्रचण्डले भने, ‘अहिले परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ । यसलाई तपाईं गतिशील ठान्नुहुन्छ, परिवर्तनको बुझ्ने नेता ठान्नुहुन्छ, धन्यवाद । अर्को ठान्नुहुन्छ, त्यो पनि धन्यवाद ।’ परिस्थिति अनुसार विचारलाई परिवर्तन गर्ने क्षमता कम्युनिस्टमा हुनुपर्ने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->