शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एमालेको नीति सही छ, एकताको लागि छलफल गर्दैनः ओली

एमालेको नीति सही छ, एकताको लागि छलफल गर्दैनः ओली

‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ।’


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८३, आइतबार

काठमाडौं / नेकपा एमालेको अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको नीति सही भएको जिकिर गरेका छन्। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकताको लागि पार्टीको नीतिबारे छलफल गर्ने पक्षमा आफू नरहेको प्रस्ट पारे।

उनले भने, ‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ।’ जबजलाई समयाअनुकुल बनाउँदै लैजाने बताए।

ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ लाई पराजित गर्नुपर्ने विचार व्यक्त गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरे ।

‘फेरि आज हामी यतिबेला समाजवाद निर्माण गर्ने ? कसरी गर्ने ?,’ उनले अघि भने, ‘यो प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । प्रतिगमनलाई पराजित गर्नुपर्छ यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र पराजित गर्नैपर्छ प्रतिगमनलाई ।’  उनले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको बताए । उनले कम्युनिस्टहरूका नीति सहि भएको दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->