शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु हतार : पूर्वराष्ट्रपति भण्डारी

एउटा निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु हतार : पूर्वराष्ट्रपति भण्डारी

उनले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर लैजाने सकिने विश्वास व्यक्त गरिन्।


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८३, आइतबार

काठमाडौं / पूर्वराष्ट्रपति विद्या भण्डारीले आज नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको बताएकी छन्। मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । भण्डारीले जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने विषय गम्भीर समीक्षा र आत्ममन्थन आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूका सामू आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ। यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ। तर कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन।’ उनले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर लैजाने सकिने विश्वास व्यक्त गरिन्।

उनले बदलिँदो पुस्ताको आकांक्षाबारे कम्युनिस्ट आन्दोलनले समयानुकूल निरन्तर परिस्कृत गर्नुपर्ने महसुस भएको बताइन्। ‘आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्धले भविष्यप्रतिको जिम्मेवारी अझ सुदृढ बनाउन सक्छ,’ उनले भनिन्, ‘बदलिँदो जनआकांक्षा राष्ट्रिय आवश्यकता नीति नेतृत्वमा हुनुपुर्छ ।विगतको उपलब्धिको स्मृरणमात्रै पर्याप्त हुँदैन ।’

उनले नेपालका लागि प्रत्यक्ष कार्यकारीको परिकल्पना उपयुक्त नभएको पनि बताइन् । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->