शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि …


  • ढाेरपाटन संवाददाता
  • असार १७ २०८३, बुधबार
तस्विर एआई

गुल्मी / जिल्लाको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए । गए राति करिब १ः३० बजेको समयमा पासोमा परेर घाइते ुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान् भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जङ्गली जनावर (बँदेल) नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेका थिए । मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगिसकेको र अनुसन्धान सुरू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->