शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फेवातालमा अलपत्र परेकी पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

फेवातालमा अलपत्र परेकी पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार


  • ढोरपाटन संवाददाता
  • असार २० २०८३, शनिबार

पोखरा / पोखराको पर्यटकीय गन्तव्य फेवातालमा कायकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बीचमा अलपत्र परेकी एक पर्यटकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

काठमाडौँको नारायणटार निवासी २३ वर्षीया रितिका फुयाल पोखरा भ्रमणका क्रममा फेवातालमा कायकिङ गरिरहेकी थिइन्। सोही क्रममा अचानक आएको तीव्र हावाहुरीका कारण उनी तालको बीच भागमा अड्किएर अलपत्र परेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं‍ २४ गण हेडक्वार्टर कालिका, कास्कीअन्तर्गत फेवातालस्थित ‘फेवा वाच एन्ड रेस्क्यु टावर’मा खटिएको विशेष विपद् उद्धार टोली तत्काल परिचालन गरिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको नेतृत्वमा खटिएको टोलीले खोजतलास गरी फुयाललाई तालको बीचबाट सकुशल उद्धार गर्दै सुरक्षित स्थानमा ल्याएको थियो।

उद्धार गरिएकी फुयालको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल नं‍‍ २४ गण हेडक्वार्टर कालिका, कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->