बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

च्याउ टिप्न जाँदा सम्पर्कविहीन १४ महिला आए परिवारको सम्पर्कमा

च्याउ टिप्न जाँदा सम्पर्कविहीन १४ महिला आए परिवारको सम्पर्कमा


  • ढाेरपाटन संवाददाता
  • साउन ४ २०८३, सोमबार

महेन्द्रनगर / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका बेला सम्पर्कबिहीन १४ महिला परिवारको सम्पर्कमा आएका छन् । बाटो बिर्सिएका कारण जंगलमा हराएका महिलाहरू मध्याह्न १२ बजेर १५ मिनेट जाँदा परिवारको सम्पर्कमा आएको भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीले जानकारी दिएका छन्।

आइतबारदेखि बेपत्ता भएका अन्य तीन महिलालाई पनि नेपाली सेनाको टोलीले उद्धार गरी सोमबार बिहान परिवारको जिम्मा लगाइसकेको छ।सम्पर्कमा आएका महिलाहरूले बताए अनुसार जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिँदा सम्पर्कविहीन भएका थिए ।

परिवारको सम्पर्कमा आएका उनीहरूको अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ । उनीहरू आइतबार बिहान ११ बजे च्याउन खोज्न जंगल पसेका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले पनि उनीहरू केहीबेर अघि मात्रै परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->