शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


  • ढाेरपाटन संवाददाता
  • साउन १२ २०८३, मंगलबार

पोखरा / नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको हो । पूर्वउपप्रधानमन्त्री श्रेष्ठ ८३ वर्षका थिए ।

श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीको लागि राखिने भएको छ । त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले जनाएका छन् । कांग्रेस सभापति गगन थापाले ७ साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए । श्रेष्ठको गृहजिल्ला स्याङजा हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->