शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

बागमतीमा राप्रपाभित्र विवाद, कारवाही गर्छौ : लिङदेन

बागमतीमा राप्रपाभित्र विवाद, कारवाही गर्छौ : लिङदेन


  • ढाेरपाटन संवाददाता
  • भाद्र ३ २०८३, बुधबार

पोखरा/बागमती सरकार गठनका लागि समर्थन दिएको राप्रपाभित्र विवाद देखिएको छ । बुधबार एमालेका किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गर्दा राप्रपा सांसदहरुको पनि समर्थन रहेको पत्र बुझाएका छन् ।

वागमतीमा राप्रपाका १२ सांसद छन् । राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार गठनमा पार्टीको समर्थन नरहेको बताए । उनले ढोरपाटनसँग भने, ‘यो सरकारलाई राप्रपाको समर्थन छैन । समर्थन दिनेहरुलाई कारवाही प्रक्रिया सुरु भइसकेको छ ।’

नेपालको संविधान धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गरेका छन् । एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनेका थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।

थापाको दाबी पेसका लागि एमालेका संसदीय नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा, नेकपा दलका नेता शालिकराम जम्काट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् । बागमती प्रदेश सभा १०४ सदस्यीय छ ।

राप्रपाले प्रदेश सरकारमा सहभागिताका विषयमा आवश्यक निर्णय लिने जिम्मा अध्यक्ष लिङ्देनलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->