मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

नवलपुर, गोरखा र तनहुँमा फेला परेका १०२ शव पोखरामा, पहिचान र परीक्षणको तयारी

नवलपुर, गोरखा र तनहुँमा फेला परेका १०२ शव पोखरामा, पहिचान र परीक्षणको तयारी

तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८३, शुक्रबार

पोखरा / त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ।

भोटेकोसीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले नवलपुर, धादिङ, गोरखा र तनहुँ लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।

बिहीबार राति नवलपुरबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव ल्याइएका तथा तिनको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ।

तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापनको मात्रै क्षमता छ। शवको परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->