शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बाढीपीडितलाई वडाको साढे २ लाख, वडाध्यक्षको सुविधा पनि कोषमा

बाढीपीडितलाई वडाको साढे २ लाख, वडाध्यक्षको सुविधा पनि कोषमा


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८३, शनिबार

पोखरा /कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ गते भोटेकोशी बाढीपीडितलाई साढे २ लाख सहयोग गर्ने भएको छ । चालु वर्षको बजेटमा तीज कार्यक्रममा लागि विनियोजन भएको सो रकम आकस्मिक विपदमा खर्च गर्ने निर्णय भएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिले मर्माहत बनाएको जनाउँदै उनले आपसी सद्भाव, संस्कृति संरक्षण तथा महिलाको प्रतिभा उजागर गर्ने बजेट यसपालि पीडितलाई साथ दिन प्रयोग गर्ने निर्णय भएको जनाए । वडाध्यक्ष बरालले आफूले पाउने सुविधा भोटेकोशी बाढी आएको दिनदेखि कार्यकाल भरी नै नलिई प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोषमा जम्मा गर्ने उनले सुनाए ।

‘सो रकम उत्सव तथा मनोरञ्जनमा खर्च नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरिएको छ,’ उनले भने । परिस्थिति सहज भएपछि आगामी दिनमा अझ उत्साह, आत्मीयता र उल्लासका साथ सांस्कृतिक तथा सामाजिक कार्यक्रम गरिने उल्लेख गर्दै उनले अहिले मानवीय सहयता नै प्रमुख कार्यभार भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->