सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

फिर्के पुलका लागि सवा करोड विनियोजन

फिर्के पुलका लागि सवा करोड विनियोजन

सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर पुजन श्रेष्ठका अनुसार अब फिर्के पुल बहुवर्षे योजनामा जानेछ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

पोखरा/आठ वर्षदेखी अलपत्र परेको पोखराको फिर्के पुललाई एक करोड २७ लाख रुपैयाँ विनियोजन भएको छ । ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको पुलका लागि चालु आर्थिक वर्षमा पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार १ करोड २७ लाख परेको हो ।

सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर पुजन श्रेष्ठका अनुसार अब फिर्के पुल बहुवर्षे योजनामा जानेछ । पोखरा–बागलुङ राजमार्गमा पर्ने पोखरा ४ र ५ जोड्ने फिर्केमा आर्थिक वर्ष ८३/८४ मा चाहिँ बजेट विनियोजन भएको हो ।

बजेट परेसंगै नयाँ ठेक्काको लागि लागत अनुमानको चरणमा गएको छ । यो रकमले थोरै काम हुने र पुल निर्माणका लागि कति लाग्ने भन्ने विषयमा पुनः अध्ययन हुने उनको भनाइ छ । उक्त पुल निर्माणका लागि सडक विभाग र पूर्वाधार विकास मन्त्रालयसँग स्रोत सम्झौताको लिएर नयाँ ठेक्का लगाउने र आह्वान गर्ने उनले सुनाए ।

‘हाल हामीले लागत अनुमान तयार गर्दैछौं । त्यो विषयमा कार्यालयबाट पनि छलफलको चरण चलिरहेछ । त्यहाँ पुरानै डिजाइनमा बनाउने कि डिजाइन परिवर्तन गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ सडक विभागसँग’ श्रेष्ठले भने, ‘शायद पुरानै डिजाइनमा गरिन्छ होला । त्यो स्टिमेट पहिले तयार गरौँ, त्यसपछि विभाग र मन्त्रालयसँग हामीले सहकार्य गरेर ठेक्का प्रक्रियामा जानेछौं ।’

वि.सं. २०७५ साल असोज ८ गते पुल निर्माणको ठेक्का शान्ति आरोग्य जेभीलाई दिइएको थियो । ०७७ चैत ३० गते पुल निर्माण सम्पन्न गर्र्न गरी शान्ति आरोग्यसँग १७ करोड १० लाख १० हजार नौ सय रुपैयाँमा ठेक्का खुलाउँदा उक्त कम्पनीले १२ करोड ३२ लाख २६ हजार एक सय ७६ रुपैयाँमा ठेक्का पाएको थियो । तर निर्माण कम्पनिले तीन पटक म्याद थप गर्दा समेत काम गर्न नसक्दा अहिलेसम्म अलपत्र परेको हो ।

०७८ असोज २२ गते पहिलो पटक म्याद थप गरिएको थियो । ०७९ असोज ६ मा दोस्रोपटक म्याद थप गरेर ०८० असार २७ सम्म पु¥याइएको र त्यसपछि असार ३१ मा फेरी तेस्रोपटक म्याद थपेर ०८१ असार २७ सम्मको म्याद दिइएको थियो । सो म्यादमा समेत ठेकेदार कम्पनीले काम गर्न नसकेपछि सडक कार्यालयले ठेक्का तोड्ने तर्फ लागेको थियो ।

ठेकेदार कम्प्नीको लापरवाहिले सात वर्षसम्म पनि पुल नबन्दा यसले दुर्घटनाको जोखिम निकै बढाइरहेको छ । पुलको दुवैतर्फ फराकिलो सडक र साघुँरो पुलका कारण सडकबाट सवारी खस्ने गरेको छ । दुर्घटना जोखिम न्युनिकरणका लागि ट्राफिक प्रहरीले अहिले माटोको ढिस्को बनाइ कोण समेत राखेको छ यस्ता अस्थाई विकल्पले मात्रै नहुने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की सूचना अधिकारी वरिष्ठ नायव निरिक्षक याम नाथ पनेरुले जानकारी दिए ।

सडक डिभिजन पोखराले स्पेशल एक्सट्राडोज मोटरेवल ब्रिज पुल निर्माण गर्न लागेको हो जुन पोखरामा नयाँ हुनेछ । ठेकेदारले काम नगरेपछि ठेक्का सम्झौता तोडेको थियो । कार्यालयले सार्वजानिक खरिद ऐन २०६३ को दफ ५९.७ तथा सार्वजानिक खरिद नियमावली २०६४ को नियम १२१.(ग) । ठेक्का सम्झौताको जिसिसी क्लाउज ७२ को प्रावधान अनुसार ठेक्का तोडेको थियो । सडक डिभिजनको सूचनामा ‘बाँकी कार्य गर्न लाग्ने खर्च, त्रुटी सच्याउन लाग्ने खर्च, भुक्तानी भैसकेको तर बिग्रेभत्केको कारण पुनर्निर्माण गर्नुपर्ने अवस्थाको परिणाम वापतको रकम, बनेको संरचना संरक्षण गर्न लाग्ने खर्च, जफत हुने पेश्की रकमको १० प्रतिशतका दारले लाग्ने ब्याज र अन्य आनुषगिक खर्च सरकारी बाँकी सरह असुल उपर गर्न कारबाही प्रक्रिया अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->