पोखरा/ पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकाका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । ७ पदाधिकारी र १० सदस्यका लागि आइतबार मतदान भएको थियो ।
निर्वाचन समितिका संयोजक दामु अधिकारीले सबै उम्मेदवारका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना सुरु गरिएको बताए । कुल २ हजार ७ सय ३१ मतदाता रहेको संघमा हिजोको निर्वाचनमा अध्यक्षतर्फ २२७४ र सदस्यतर्फ २१०८ मत खसेको थियो ।
आज विहान ८ बजेदेखि मतगणना गर्ने भनिए पनि केही ढिलाई भएको हो । संघको ३६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन हुन लागेको हो । आगामी २ वर्षे कार्यकालकालागि संघको अध्यक्षमा दुई प्यानलसहित ४ जनाको उम्मेदवारी छ । अध्यक्षका लागि बलराम आचार्य र शोभा गौतमले प्यानलसहित मैदानमा छन् ।
यसैगरी उत्तममान बच्राचार्य र अर्जुन पोखरेल अध्यक्षको एकल उम्मेदवारीमा छन् ।





