बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

फेन्सी तथा रेडिमेड व्यवसायीबाट एकमात्र विजयी मनोहरी पौडेल

फेन्सी तथा रेडिमेड व्यवसायीबाट एकमात्र विजयी मनोहरी पौडेल


  • ढाेरपाटन संवाददाता
  • भाद्र २४ २०८३, बुधबार

पोखरा / पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा उधोग वाणिज्य संघमा सबैभन्दा बढी सदस्य रहेको फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट विभिन्न पदमा उम्मेदवारी दिएका ९ जनामध्ये मनोहरी पौडेल मात्र विजयी भएका छन् ।

फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट पोखरा उधोग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा निर्वाचनमा अध्यक्षदेखि कार्यसमिति सदस्यसम्म विभिन्न पदमा ९ जना व्यवसायी उम्मेदवार भएका थिए । तीमध्ये कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका पौडेलले निर्वाचनमा विजयी हासिल गर्दै संघको कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चित गरेका हुन् ।

फेन्सी तथा रेडिमेड व्यवसायी संघका तर्फबाट अध्यक्ष पदमा संघका पूर्व महासचिव बलराम आचार्य उम्मेदवार थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा संघका आजीवन सदस्य टिकाराम सुवेदी, वाणिज्य उपाध्यक्षमा साधारण सदस्य भीम गौतम उम्मेदवार बनेका थिए ।
यसैगरी उपमहासचिव पदमा संघका अध्यक्ष यादव प्रसाद पोखरेल र उपमहासचिवमै साधारण सदस्य रामचन्द्र तिमिल्सेना उम्मेदवार थिए। कोषाध्यक्ष पदमा साधारण सदस्य जीवन प्रकाश श्रेष्ठ उम्मेदवार बनेका थिए ।

कार्यसमिति सदस्यतर्फ आजीवन सदस्य हरि प्रसाद अधिकारी, साधारण सदस्य नवीन नापित र साधारण सदस्य मनोहरी पौडेल चुनावी मैदानमा थिए ।

हालै अध्यक्षमा निर्वाचित शोभा गौतमको प्यानल समेत नपरेका पौडेलले स्वतन्त्र रूपमा सदस्यमा उमेदवारी दिएका थिए । निर्वाचन परिणाममा मनोहरी पौडेल मात्र निर्वाचित भएपछि फेन्सी तथा रेडिमेड व्यवसायी संघभित्र उनको विजयलाई विशेष चासोका रूपमा हेरिएको छ ।
पौडेलको विजयसँगै पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा फेन्सी व्यवसायी क्षेत्रको प्रतिनिधित्व भएको छ ।

व्यवसायीको हकहित, फेन्सी तथा कपडा व्यवसायको प्रवद्र्धन र व्यवसायमैत्री वातावरण निर्माणका विषयलाई कार्यसमितिमा प्रभावकारी रूपमा उठाउने अपेक्षा व्यवसायीहरूले गर्नुका साथै आगामी दिनमा व्यवसायीका मुद्दा उठाउने जिम्मेवारी पौडेलको काँधमा थपिएको छ ।
व्यवसायी तथा सामाजिक अभियन्ता, पत्रकार मनोहरी पौडेलले कार्यसमिति सदस्य पदमा उत्कृष्ट मत पाएसगै उनी प्रति व्यवसायी मतदाताहरुले निकै आशालाग्दो व्यक्तिका रुपमा हेरेका छन् ।

लामो समयदेखि व्यापार–व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय पौडेल यसअघि पोखरा उद्योग वाणिज्य संघको मनोनीत कार्यसमिति सदस्यका रूपमा सफलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरेका थिए । संघका हरेक बैठकमा व्यवसायीहरुका समस्याहरु उठाउने गरेका पौडेल व्यवसायीका समस्या नजिकबाट बुझेका व्यक्त्ती हुन् ।

सरल अनि सयोगी पौडेलले संघलाई थप सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी बनाउन व्यवसायीहरूले जिम्मेवारी दिएको बताएका छन् । व्यवसायीको हकहित संरक्षण, व्यावसायिक एकता र संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।

बुद्व विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष रहेका पौडेल पत्रकारितामा समेत सक्रिय छन् । उनी हाल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद् सदस्य हुन् । व्यवसाय, सामाजिक सेवा र सञ्चार क्षेत्रबाट प्राप्त अनुभवलाई उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->