बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारबीच सहकार्य आवश्यक : मन्त्री शेरचन

अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारबीच सहकार्य आवश्यक : मन्त्री शेरचन


  • ढाेरपाटन संवाददाता
  • भाद्र २४ २०८३, बुधबार

बागलुङ/नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको २६ वार्षिक साधारण सभा तथा नवौं जिल्ला अधिवेसन बुधबारदेखि शुरु भएको छ ।

साधारण सभाको उद्घाटनपछि सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जित बहादर शेरचनले समाजमा लुकेर रहेका सम्भावनालाई उजागर गर्न पत्रकारिताको देन महत्वपूर्ण रहेको बताए ।

देशका हरेक प्रकारका आन्दोलनमा पत्रकार र पत्रकारिताको भुमिका महत्वपूर्ण रहेको चर्चा गर्दै नेपाली कांग्रेस बागलुङको सभापति समेत रहेका शेरचनले अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारबीच सहकार्य आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव दिलिप पौडेल, गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्रबहादुर थापा, संविधान सभा सदस्य प्रकाश पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवम् बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, बागलुङ जिल्लाका सचिव एवम् जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, युनियन गण्डकी प्रदेशका अध्यक्ष टंक अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाली काँग्रेस बागलुङका पूर्व सभापति हरिप्रसाद श्रेष्ठ, युनियनका केन्द्रिय परामर्श कमिटि सदस्य जगन्नाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी युनियनका केन्द्रिय सदस्य माया अधिकारी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नारायण मानकुमारी प्रेस युनियन पत्रकारिता पुरस्कारका संस्थापक कर्णबहादुर हमाल, प्रेस युनियन पर्वतका अध्यक्ष बिष्णु गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीको अध्यक्षता उपाध्यक्ष सुवास आचार्यको स्वागत र सचिव डम्वर बुढाको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->