बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

पोउवा संघकी अध्यक्ष गौतमले सम्हालिन कार्यभार

पोउवा संघकी अध्यक्ष गौतमले सम्हालिन कार्यभार


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८३, बिहिबार

पोखरा/ पोखरा उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष शोभा गौतमले बिहीबार पदभार ग्रहण गरेकी छन् । भदौ २० र २१ गते सम्पन्न ३६ औं महाधिवेशनमार्फत् अध्यक्ष चुनिएकी गौतमलाई निवर्तमान अध्यक्ष गोकर्ण कार्कीले कार्यभार सुम्पेका थिए ।

अध्यक्षसँगै संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले पनि पदभार ग्रहण गरी कार्यकाल सुरु गरेका महासचिव सुदीप प्रधानाङ्गले जानकारी दिए ।
महासचिव प्रधानाङ्गका अनुसार बिहीबार नै बसेको कार्यसमितिको पहिलो बैठकले ३६ औं महाधिवेशन एवं ७२ औं वार्षिक अधिवेशन सम्पन्न गर्न सघाउनेहरुप्रति हार्दिक आभारसमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->