बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

राष्ट्रिय बाल दिवशमा जिल्ला स्तरीय वक्तृत्वकला

राष्ट्रिय बाल दिवशमा जिल्ला स्तरीय वक्तृत्वकला


  • ढाेरपाटन संवाददाता
  • भाद्र २५ २०८३, बिहिबार
वक्तृत्वकला प्रतियोगितामा सहभागि विद्यार्थी तथा शिक्षकहरु । तस्बिर सौजन्य : उषा पौडेल

बागलुङ/६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । सो कार्यक्रमअन्तर्गत भएको ‘बाल अधिकार संरक्षणमा डिजिटल प्रभाव’ विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा भैरव माध्यामिक विद्यालय गलकोटका समिर गौतम प्रथम भएका छन् । बिहिबार सम्पन्न प्रतियोगितामा उनले २३ जना प्रतियोगीलाई पछि पार्दै प्रथम भएको नेपाल बाल संगठन बागलुङका अध्यक्ष तारा शर्माले बताइन् ।

गौतमले १५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा रिभरहेड इन्टरनेशनल एकेडेमी ढोरपाटनका प्रसिद्दि कँडेल द्वित्तिय, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका अनुष्का कँडेल तृतीय भएका छन् भने प्रभा मा.वि निसीखोलाका केशव चालिसे सान्तवना भएका छन् । द्वितीय हुनेले १२ हजार २ सय २२, तृतीय हुनेले ९ हजार ९ सय ९९ र सान्तवना हुनेले ६ हजार ६ सय ६६ रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा बागलुङका १० स्थानीय तहका २४ विद्यार्थीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा नेपाल बाल संगठनका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अर्जुन पौडेल, बाल संगठन पर्वतका अध्यक्ष मिनप्रसाद श्रेष्ठ, बिवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम, बालमन्दिर आधारभूतका प्रधानाध्यापक नेत्र केसीले बोलेका थिए । बागलुङ नगरपालिका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले कार्यक्रमबारे जानकारी गराएका थिए ।

नेपाल बाल संगठन बागलुङका अध्यक्ष तारा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एकीकृत सेवा केन्द्र बागलुङका प्रमुख पारसिंह थापा र सञ्चालन चुडामणी उपाध्यायले गरेका थिए ।

कार्यक्रम नेपाल बाल संगठन, बागलुङ नगरपालिका र एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा सम्पन्न भएको थियो । नेपाल बाल संगठन बागलुङले फरक क्षमता भएका विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता लगायतका सामाग्री हस्तान्तरण गरेको छ । विशेष आधारभूत बाल कक्षामा अध्ययनरत २५ जना विद्यार्थीलाई सामाग्री सहयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->