बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

प्रेस युनियन बागलुङको अध्यक्षमा सुवास आचार्य सर्वसम्मत

प्रेस युनियन बागलुङको अध्यक्षमा सुवास आचार्य सर्वसम्मत


  • ढाेरपाटन संवाददाता
  • भाद्र २४ २०८३, बुधबार

बागलुङ/नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको अध्यक्ष सुवास आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार सम्पन्न युनियनको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा आचार्यसहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन् ।

युनियनको वरिष्ठ उपाध्यक्षमा उषा पौडेल, उपाध्यक्षमा छविलाल पाण्डे, सचिवमा डम्बर बुढा मगर, सह–सचिवमा नवराज नेपाली, कोषाध्यक्ष जेनिसा नायर चयन भएका छन् । यस्तै सदस्यहरुमा राजु शर्मा, कुशल कँडेल, सुरेश छन्त्याल, तिलक मल्ला र भुमा तारामी मगर चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

समितिका अनुसार, युनियनको संघीय महाधिवेशन प्रतिनिधिहरुमा जगन्नाथ आचार्य, ज्ञानेन्द्र गौतम, श्रीधर कँडेल, संगम घर्ती मगर, नारायण रिजाल, सुवासराज पन्त, कृष्ण आचार्य, महिलाबाट सकुन्ता शर्मा र अनिता पन्त चयन भएका छन् ।

यस्तै, प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा प्रकाश बराल, धनराज सापकोटा, गणेश नेपाली, त्रिलोचन रिजाल, मन्जुल शाक्य, सुमन जिसी, राजेन्द्र ढकाल, महिलातर्फ संगिता शर्मा पौडेल, सुशिला शर्मा पन्त र गंगा शर्मा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->