बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

पार्टीमा मेलमिलाप, एकता र सबैको अपनत्व भाव कायम गर्न यसले मार्गप्रशस्त गर्ने विश्वास


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८३, आइतबार

काठमाडौं / नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनपछि शेरबहादुर देउवाको कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय समितिमा आउने ढोका खुला गरेको छ ।

कांग्रेसको आइतबार (भदौ २८) बसेको बैठकले देउवाको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी निर्णय भएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछिको केन्द्रीय कार्यसमितिमा नरहेकालाई बाटो खुलाइएको हो ।

कांग्रेसले १५औँ महाधिवेशनका लागि आगामी असोज १६ देखि १९ गतेको मिति तय गरेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशन तोकिएको छ । आइतबारको निर्णयअनुसार देउवा पक्षबाट आउने नेतालाई केन्द्रीय समितिमा सामेल गरी महाधिवेशनको आयोजक समितिमा राखिने छ ।

‘सबैलाई केन्द्रीय समितिमा बस्नेगरी आह्वान हुन्छ । केन्द्रीय समितिमा आएर महाधिवेशनको आयोजक समितिकै रुपमा रहनुहुन्छ,’ अर्काका एक पदाधिकारीले भने, ‘महाधिवेशनमा सहभागी हुन अपिल गर्दछौं । केन्द्रीय समितिमा बस्न चाहनेहरू आउनुहुन्छ । नचाहनेहरू आउनुहुन्न होला ।’

‘देउवा सभापति हुँदा कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय समितिमा समेट्ने गरी निर्णय भएको छ । पार्टीमा मेलमिलाप, एकता र सबैको अपनत्व भाव कायम गर्न यसले मार्गप्रशस्त गर्ने विश्वास छ,’ कांग्रेस संस्थापनका ती केन्द्रीय सदस्यले भने ।

संस्थापनबाट यस्तो निर्णय भएका बेला यता देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ । आगामी मंसिर २१ देखि २३ गतेसम्म तय भएको देउवा पक्षको महाधिवेशन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा अधिवक्ता एगराज पोखरेललाई तोकिएको हो ।

उनी सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव समेत हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनी निर्वाचन समितिको सदस्य थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->