आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

तारानाथ कांग्रेस बागलुङको कावा सभापति

तारानाथ कांग्रेस बागलुङको कावा सभापति


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८३, बिहिबार

बागलुङ/नेपाली कांग्रेस बागलुङको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति तारानाथ पौडेललाई दिइएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन नसकेका बागलुङसहित पाँच जिल्लामा कार्यवाहक सभापति तोकिएको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिले बागलुङमा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पौडेललाई दिएको सचिव हरिहर शर्माले जानकारी दिए । कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशनसहित महाधिवेशन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । बागलुङसहित कञ्चनपुर, कैलाली, डोटी र मुगुमा कार्यवाहक सभापति तोकिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->