आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले राजनीतिबाट विश्राम लिने

पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले राजनीतिबाट विश्राम लिने


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८३, शनिबार

पोखरा/गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने घोषा गरेका छन् । शुक्रबार नवलपुरको सदरमुकाम कावासोतीमा रहेको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा दुईपटक केन्द्रीय सदस्य र चार कार्यकाल नवलपरासी जिल्लाकासभापति बनेका थिए । नेपालीले १५औं महाधिवेशनको संघारमा सक्रिय राजनीतिबाट विश्राम घोषणा गरेका हुन् ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले सही गन्तव्य पत्ता लगाएर देशको नेतृत्व गर्न सक्नेमा आफू विश्वस्त रहेको उनले सुनाए । नेता नेपालीले १५औं महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै युवा पुस्तालाई लोकतन्त्रका लागि प्रतिबद्ध भएर अगाडि बढ्न आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->