बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

स्वास्थ्य परीक्षण गरी बालुवाटार फर्किए प्रधानमन्त्री ओली

स्वास्थ्य परीक्षण गरी बालुवाटार फर्किए प्रधानमन्त्री ओली


  • Dhorpatan News
  • फाल्गुन २२ २०७५, बुधबार

काठमाडौं, २२ फागुन – प्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचपछि अहिले डिस्चार्ज भएका छन् । उनी नियमित स्वास्थ्य जाँचका लागि आजै त्रिवि शिक्षण अस्पपताल भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि आफ्ना निजी चिकित्सक डा‍. दिव्या सिंह डा अरुण सायमीका साथ सामुहिक तस्बिर खिचाएपछि प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ साल असारमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। एघार वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई यसअघि रोगप्रतिरोधी क्षमता कमजोर भएका कारण बेलाबखत फंगस इन्फेक्सन भई हत्केला सुन्निने समस्या देखा परेको थियो। मिर्गौला र अन्य स्वास्थ्य समस्या देखापरेपछि यसअघि ओलीले नेपाल साथै भारत, थाइल्यान्ड र सिंगापुरमा समेत उपचार गराएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->