पोखरा, २९ फागुन – ढोरपाटन दैनिकले गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि आफ्नो प्रकाशन आरम्भ गरेको छ । वि.सं. २०६० भदौ १ गतेदेखि धौलागिरिको सदरमुकाम बागलुङ बजारबाट नियमिति प्रकाशित हुदै आइरहेको यो पत्रिका बुधवारदेखि पोखराबाट पनि प्रकाशन सुरु भएको हो । गण्डकी प्रदेशका सवै नागरिकसामु सूचना प्रवाह गर्ने उदेश्यसहित धौलागिरिको सदरमुकाम बागलुङ बजार र गण्डकी प्रदेशको राजधानी पोखरा बजारबाट आजदेखि एकैसाथ पत्रिका प्रकाशन सुरु गरिएको सम्पादक हरिनारायण गौतमले बताए । संघियताको मर्म अनुसार अगाडि बढ्न, पत्रकारिताको माध्यमबाट गण्डकी प्रदेशलाई सवल बनाउन, लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको दायरालाई थप फराकिलो बनाउने उदेश्य सहित आएको सम्पादक गौतमले बताए । निश्पक्ष समाचार, स्वतन्त्र विचार र ब्यावसायिक पत्रकारिताको मूल ध्येयका साथ प्रकाशन सुरु भएको यो प्रदेशको ‘क’ वर्गको दैनिक पत्रिका हो । गण्डकी प्रदेशमा दुई स्थानबाट एकैसाथ प्रकाशन हुने ढोरपाटन दैनिक पहिलो पत्रिका भएको छ ।





