मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

लोकतन्त्रको नाममा लुटतन्त्र : अध्यक्ष थापा

लोकतन्त्रको नाममा लुटतन्त्र : अध्यक्ष थापा


  • Dhorpatan News
  • फाल्गुन २९ २०७५, बुधबार

पोखरा, २९ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा यतिबेला लोकतन्त्रको नाममा लुटतन्त्र चलेको दावी गरेका छन् । देशमा भ्रष्टाचार यति व्यापक भएको छ कि,वाइडबडी भन्नासाथ जनताले भ्रष्टाचार भन्ने बुझ्न थालेका छन्,‘ एनसेलदेखि यहाँ भ्रष्टाचारका काण्डैकाण्ड भएका छन ।’ मेची–काली राष्ट्रिय स्वाभिमान अभियानको क्रममा मंगबार पोखरा आइपुगेका थापाले मुक्तिको लागि भन्दै बन्दुक बोकाइएकाहरु खाडीतिर लागेको र नेताहरु रातारात अरवपति भएको जिकिर पनि गरे । तपाईँ ४० अर्ब हुन कतिवटा शुन्य चाहिन्छ भन्न सक्नुहुन्छ ?’, आमसभामा उपस्थितहरुतिर फर्किएर उनले भने,‘ हिजो मुक्तिको नारा दिने नेताहरु १०–१२ वर्षमा जादुगरी ढंगबाट अरबपति भएका छन् ।’
देशमा गरिबी र बेरोजगारी बढेको,धार्मिक साँस्कृतिक परम्परामाथि अतिक्रमण भएको, महंगी बढेको, तथा देशमा अधिनायकवादको खतरा समेत बढ्दै गएको जिकिर गरे ।‘म अहिले नै अधिनायवाद आयो त भन्दिन तर सरकारका गतिविधीले त्यसको संकेत गरेको छ’, उनले भने,‘नयाँरुपमा माओवादीको उदय हुनु झन डरलाग्दो भएको छ ।’उनले हिजोको माओवादी सबै कामधन्दा सकेर एमालेमा विलय भएपछि विप्लव नेतृत्वमा किन माओवादीको उदय भयो भन्ने प्रश्न गर्दै बितेका १२ वर्षमा जनतालाई निरासा मात्र दिइएको आरोप लगाए । नेपालकै इतिहासमा पहिलो पटक राष्ट्र बिखण्डनको आवाज सतहमा आउनुको दोष पनि नेकपा र कांग्रेसजस्ता ठूला दलहरुलाई नै दिए । ‘म पनि दोषको भाग लिन तयार छु तर यो १२ वर्षमा भएका गल्तीको जिम्मा ठूला दलहरुले लिनैपर्छ’, उनले भने ।
उनले पुरानै अवस्थाको राजतन्त्र फर्कने सम्भावना नभएको बताउँदै राष्टिय एकताको लागि भने राजा चाहिने तर्क दोहो¥याए । हिन्दुराष्ट्र भने राष्ट्रिय एकताको लागि भएको उनको भनाई थियो । कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङले हिन्दुराज्यले मात्र देशमा एकता कायम गर्ने तर्क गरे । नेता तथा सांसद राजेन्द्र लिङ्देनले देश माटो र भूगोल भएर मात्र नरहने तर्क गर्दै देश बचाउन हिन्दु राज्य र राजा चाहिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->