मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ?

फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ?


  • Dhorpatan News
  • फाल्गुन ३० २०७५, बिहिबार

पोखरा, ३० फागुन – संसारभरका कतिपय प्रयोगकर्ताका लागि आज फेसबुक र इन्स्टाग्राम डाउन भएको छ। तपाईँ फेसबुक त खोल्न सक्नुहुन्छ तर यी दुबै प्लेटफर्मबाट म्यासेज आदानप्रदान गर्न तथा केही नयाँ कुरा पोस्ट् गर्न भने सक्नुहुन्न।आफ्नो फेसबुक पेजमा कतिपय भिडियो तथा लिंकहरू सेयर गर्न तथा म्यासेन्जरमा म्यासेज पठाउन सकिरहेको छैन। हेर्नुस् स्क्रिनसटः

टेक्नोलोजी साइट भर्जले डेस्कटप भर्सनमा म्यासेन्जर लोड नभएको तथा इन्स्टाग्रामको नयाँ पोस्ट क्रियट गर्ने बटनले समेत काम नगरेको लेखेको छ। यद्यपि मोबाइल भर्सनमा भने म्यासेन्जरले काम गरिरहेको छ। यस्तै अर्को टेक्नोलोजी साइट म्यासेबलले पनि फेसबुक इन्कको स्वामितवमा रहेका फेसबुक र इन्स्टाग्राम दुबैले अजिबखालको व्यवहार गरेको खबर छापेको छ। उसले फेसबुककै अर्को म्यासेजिङ एप ह्वाट्सएपले पनि काम नगरेको लेखेको छ। फेसबुकले प्रयोगकर्ताको समस्या थाहा पाएको र जतिसक्दो चाँडो समस्या समाधानका लागि प्रयास गरिरहेको जनाएको छ।
We’re aware that some people are currently having trouble accessing the Facebook family of apps. We’re working to resolve the issue as soon as possible.
— Facebook (@facebook) March 13, 2019

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->