मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

म्याग्दी नदीमा पौडी खेल्न गएका बालक बेपत्ता

म्याग्दी नदीमा पौडी खेल्न गएका बालक बेपत्ता


  • Dhorpatan News
  • फाल्गुन ३० २०७५, बिहिबार

म्याग्दी, ३० फागुन – म्याग्दी नदीमा पौडी खेल्ने क्रममा डुवेर एक बालक बेपत्ता भएका छन् । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चे, काफलडाडा निवासी अन्दाजी १५ वर्षिय हेमचन्द्र गर्वुजा मगर बेनीको मंगलाघाट स्थित मंगलाघाट–बगरफाँट जोड्ने झोलुङ्गे पुल मुनि म्याग्दी नदीमा पौडी खेल्दा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार अपराह्न ४ बजे विद्यालयबाट छुट्टी भएर घर फर्किने क्रममा गर्बुजा सहित उनका तीन जना साथीहरु म्याग्दी नदिमा पौडी खेल्न गएका थिए । बेपत्ता भएका गर्बुजाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । बेनी नगरपालिका स्थित सामुदायिक माविमा कक्षा नौमा अध्ययनरत गबुर्जा मंगलाघाटमा आफन्त संग डेरामा बस्दै आएका थिए । कक्षा ९मा अध्ययनरत गर्बुजासंगै नदिमा पौडी खेल्न पसेका बेनी नगरपालिका ७ महारानीथान बस्दै आएका निल प्रसाद छन्त्याललाई भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका छन्त्यालको अवस्था सामान्य रहेकाले आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->