पोखरा, ३० फागुन – गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङले कानुनको कार्यान्वयन नगर्दा बिकासमा प्रदेशको अवरोध पुगेकोमा चिन्ता ब्यक्त गरेकी छन् । बुधबार प्रदेश सभामा बोल्दै सांसद गुरुङले ‘कानुन्को सहि ढड्डबाट कार्यान्वयन नगरेकोले बिकास हुन नसकेको हो । प्रदेश सरकारले कानुन् कार्यान्वयनमा जोडदिनु पर्दछ ।’ उनले प्रदेशको बिकासका लागि छुट्टाएको रकम समेत फ्रिज भएर जाने बताईन् । उनले भनिन्-कानुन्को कार्यान्वयन नगर्नु भनेको पनि कानुन् बिपरितको कार्य हो । स्थानिय तह र प्रदेश सरकारले अव आफुले बनाएका कानुन्हरु सहि ढंगबाट कायाृन्वयन भएका छन् कि छैनन् । अनुगमन निगरानी गर्नुपदर्छ । सांसद गुरुङले प्रदेश सरकारले सघिय सरकारको बिरोध मात्र होईन आफ्नो क्षमता प्रदर्शन गर्ने बेला आएको छ । हामीले कुनै सानो नै काम किन नहोस नमुनाकाम गरेर देखाउने बेला आएको छ उनले भनिन् । शुन्य बोल्दै सांसद गुरुङले भनिन् बिकास भनेको भौतिक पूर्वाधार सहित चेतनाको बिकास पनि हो । दिनमै धेरै कानुन् आएको हुदा कानुन् निमार्ता र प्रयोग कर्तालाई अभिमुखीकरण गर्नुपर्ने बताईन् । नया नया कानुन्को प्रयोग र बिकास पनि द्रुतगतिमा गर्नुपर्नेमा जोड दिईन् ।





