मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जीप र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

जीप र मोटरसाइकल ठोक्किँदा २ जना घाइते


  • Dhorpatan News
  • चैत्र २ २०७५, शनिबार

बागलुङ, २ चैत – बागलुङको काठेखोला गाउँपालिकाङ–५ बिहुँमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवा घाईते भएका छन् । गल्कोट हटियादेखि बागलुङ बजार आउँदै गरेको ना १ ज १२८६ नम्बरको जिप र हटिया तर्फ जाँदै गरेको ध १ प २०५८ नम्बरको मोटरसाइकल रंगेलीमा ठोक्किँदा स्थानीय वर्ष ३० का कृष्ण विक र वर्ष २२ का नारायण विक घाइते भएका हुन् । घाइते दुवैको धौलागिरी अंचल अस्पताल बागलुङमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको खुट्टा र ढाडमा चोड लागेको छ । जिप र जिप चालक कमल सेन्चुरीलाई प्रहरीले नियन्त्रणमा लिएको बिहुँ प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक गजेन्द्र बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->