शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पूर्वाधारलाई उत्पादनसँग जोडनु पर्दछ : अध्यक्ष तिमिल्सिना

पूर्वाधारलाई उत्पादनसँग जोडनु पर्दछ : अध्यक्ष तिमिल्सिना

‘सस्पेन्डेट डी टाइपको’ यो पुल नेपालकै लामो


  • Dhorpatan News
  • चैत्र ९ २०७५, शनिबार

तारानाथ आचार्य
बागलुङ, ९ चैत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वाधारलाई स्थानीय उत्पादनसंग जोड्नुपर्ने वताएका छन । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवावारी जोड्ने गरी निर्माण थालिएको नेपालकौ नै लामो र अग्लो झोलुङ्गे पुलको शनिवार शिलन्यास गर्दै अध्यक्ष तिमिल्सिनाले पुललाई आउजाउका रुपमा मात्र प्रयोग नगरेर स्थानीय उत्पादन आयात–निर्यातसँग जोड्नुपर्ने बताए । अहिले मुलुकभर भौतिक पूर्वाधारका काम तिव्र गतिसाथ अगाडि बढिरहेका छन, अध्यक्ष तिमिल्सिनाले भने– यी पूर्वाधारलाई स्थानीय उत्पादनसंग जोड्नु सक्नु पर्दछ ।
स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्दा मात्रै मुलुकमा समृद्धि सम्भव भएको वताउदै तिमिल्सिनाले हरेक बिकास निर्माणका काम गर्दा स्थानीय उत्पादन के र कति हुने भन्ने बिषयमा प्रस्तावै तयार गरेर कामको थालनी गर्नुपर्ने वताए । ‘जागिर खाँदा एक व्यक्तिले मात्रै आफ्नो जिविको चलाउँछ तर उद्यमले हजारौं व्यक्तिहरुलाई रोजारी दिलाउँछ’ तिमिल्सिनाले भने– ‘राजनीति गर्ने नेताहरुले पनि जागिरे होईन, उद्यमी उत्पादन गर्ने सोचकोे विकास गरौं ।’
वर्तमान सरकारले नयाँ संरचना अनुसारका पूर्वाधार निर्माणमा समय खर्चेको भन्दै तिमिल्सिनाले अवको एक बर्षमा बिकासका काम तिव्र गतिसाथ अगाडि बढ्ने बताए । पूर्वाधार निर्माणका काम अन्तिम चरणमा रहेकाले जनताले महशुस गर्नेगरी काम गर्न सरकार तयार भैसकेको उनको दावी थियो ।
बिकास निर्माणका काम गर्दा खुट्टा तान्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने तिमिल्सिनाले बताए । बिकास निर्माणका काममा राजनीतिक पूर्वाग्रहका कारण खुट्टा तान्ने प्रबृत्ति रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले त्यसले देशको बिकासमा अबरोध भैरहेको बताए । चुनावका समयमा आ–आफना एजेण्डा लिएर जनताका बिचमा मत माग्न गएपनि मुलुकको बिकास र समृद्धिको मुद्धामा सवै दल हातेमालो गर्दै अघि बढ्नु पर्नेमा उनको जोड थियो ।
‘हामी सत्तामा रहेको पार्टीले काम गर्दा आफ्नो पार्टीको शाख गुम्ने त्रासले खुट्टा तान्ने प्रबृत्तिले ग्रस्त भएका छौं, पार्टी भित्रै पनि एकले अर्काले गरेको काममा जस दिनुभन्दा आलोचना बढि गछौं ।’ अध्यक्ष तिमिल्सिनाले भने ‘चुनावका बेला एजेण्डा दिएर मत माग्ने र अरु समयमा सत्ताधारी र सत्ता बाहिरका सबै मिलेर बिकासमा काम गर्ने प्रबृतिको विकास गर्न आवश्यक छ ।’
निर्माण कम्पनीले काम गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेताहरु, पेटी ठेकेदारका चुल्ठे मुन्द्रेहरुले अनावश्यक अवरोध गर्ने र पैसा माग्ने गरेका उदाहरणहरु रहेको भन्दै अध्यक्ष तिमिल्स्निाले निर्माणको काममा कुनैपनि अवरोध नगर्न सुझाव दिए ।

कार्यक्रममा तिमिल्सिनाले पुल निर्माणको काम पाएको थामी कन्स्ट्र«क्सन कम्पनीका प्रमुख लेखबहादुर खड्कालाई समयमा काम सक्नका लागि कार्यक्रम स्थलमानै प्रतिवद्धता जाहेर गर्न लगाए । खड्काले ठेक्कामा आफुलाई पाएको समयपूर्व वि.सं.२०७६ असार मसान्तभित्रमा निर्माण समपन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीले महत्वकांक्षी योजनाहरुले सर्वसाधारणको माग अनुसारको बिकास निर्माणको कामको प्रतिनिधित्व गर्ने वताए । प्रदेश सरकारले योजनाबद्ध बिकासका कामलाई गति दिने भन्दै अधिकारीले सबैको सहभागितामा आधारित प्रदेशको उन्नती हुने बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्मसालले पर्यंटन र उत्पादनसँग जोडेर हरेक क्षेत्रको विकास गरिने बताए । कार्यक्रममा संघिय सांसद देवेन्द्र पौडेल, डा. सुर्य पाठक, पदम गिरी, प्रदेश सांसद इन्द्रलाल सापकोटा, पूर्व सांसद प्रकाश शर्मा पौडेल, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका सचिव दिनेश कुमार थपलिया लगायतले पुल निर्माणको औचित्य र महत्वका वारेमा बोलेका थिए । सचिव थपलियाले आगामी एक बर्ष भित्रमा बागलुङको उपल्लाचौरदेखि पर्वतको नाग्लीबाङ जोड्ने अर्को लामो पुलको काम पनि सुरु हुने घोषणा गरे । पुल निर्माणका लागि अध्ययन भैरहेकाले तत्काल काम अघि बढाईने थपलियाको भनाई थियो ।
उक्त कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको अध्यक्षता, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्लेको स्वागत, बागलुङका उपप्रमुख सुरेन्द्र खड्काको धन्यवाद र रामथापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।
‘सस्पेन्डेट डी टाइपको’ यो पुल नेपालकै लामो
बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवावारी जोड्ने गरी निर्माण थालिएको ‘सस्पेन्डेट डी टाइपको’ यो झोलुङ्गेपुल ५६७ मिटर लामो र १३८ मिटर उचाइ निर्माण हुनेछ । ‘सस्पेन्डेट डी टाइपको’ यो पुल नेपालकै लामो र अग्लो झोलुंगे पुल भएको सस्पेन्सनब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको पुल दुई बर्षभित्र सक्ने गरी हिमशिखर÷बिएलटि÷ थानी जेभी कन्स्ट्र«क्सनले ७ करोड ९७ लाख ८६ हजार रुपैयाँ ठेक्का सम्झौता गरेको छ । पुलमा चाहिने लठ्ठाको व्यवस्था भने सरकारको तर्फबाट सस्पेन्सनब्रिज कार्यालयले उपलब्ध गराउने ठेक्का सम्झौतामा उल्लेख छ ।
यो पुलको निर्माण लागत रु. १२ करोड २२ लाख १८ हजार ९५७ छ । निर्माण कम्पनीका खड्काका अनुसार नेपालमा पहिलोपटक ‘सस्पेन्डेट डी टाइपको’ लामो पुल बन्न लागेकाले केही चुनौती भए पनि दक्ष प्राविधिक प्रयोग गरेर काम सम्पन्न गरिनेछ । श्रेष्ठका अनुसार अहिलेसम्म ३६५ मिटरसम्मको लामा झोलुङ्गे पुल निर्माण भएका छन । यो पुल दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको देशकै लामो झोलुङ्गे पुल हुनेछ । यसबाट दुई जिल्लाका दुई नगरपालिका र आसपास क्षेत्रका स्थानीयले सुविधा पाउनेछन । यसबाट धार्मिक तथा सांस्कृतिक पर्यटक वढ्ने नगरपालिकाले जनाएको छ ।
अध्यक्ष तिमिल्सिनाबाट बहिरा विधालयको निरीक्षण
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शनिवार नै रामरेखामा रहेको धौलागिरी बहिरा माध्यमिक विद्यालयको निरीक्षण गरेका छन । प्राविधिक धारतर्फ कम्प्युटर विज्ञान विषयमा पढाइ भइरहेको यस विद्यालयबाट यस वर्षको एसईईमा सहभागी हुने विद्यार्थीलाई अध्यक्ष तिमिल्सिनाले टिका लगाएर शुभकामना दिए । सो अवसरमा विद्यालयमा रहेको कम्पयुटर प्रयोगशालाको अवलोकन गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केपी अधिकारीले अध्यक्ष तिमिल्सिनालाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->