मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

निलुवा समाज चमुवा जापानद्वारा सन्तोषलाई आर्थिक सहयोग

निलुवा समाज चमुवा जापानद्वारा सन्तोषलाई आर्थिक सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७५, आइतबार

बागलुङ, १० चैत –निलुवा समाज चमुवा जापानले आर्थिक अभावमा उपचार गर्न समस्यामा परेका सन्तोष दर्जीलाई सहयोग गरेको छ। गलकोट नगरपालिका वडा नम्बर ४ चमुवाका प्रेम दर्जिका १९ वर्षीय छोरा सन्तोषको उपचारको लागि समाजले आर्थिक सहयोग गरेको हो ।
२ वर्ष पाहिले रोजगारिकालागि भारत गएका सन्तोषको हात फ्याक्चर भएको थियो । निरन्तर उपचार गर्दापनि ठिक नभएपछि उपचार खर्च अभावले पीडामा बाचेका सन्तोषको उपचारमा समाजले सहयोग गरेको छ । पहिलो चरणमा उनको उपचारको लागि पचास हजार सहयोग गरेको समाजका सदस्य मोहनराज शर्माले जानकारी दिए । उपचारमा थप रकम आवश्यक परेमा थप सहयोग गर्ने उनले जानकारी दिए । सहयोग रकम समाजका सदस्य आनन्द सुबेदीले परिवारलाई हस्तान्तरण गरेका थिए । अवस्था कमजोर भएका कारण समयमै उपचार नगर्दा उनको उपचार खर्च बढेको हो । एक पटक अपरेशन गरिसकेको भएपनि ठिक नभएपछि फेरी अपरेशन गर्न परेको सन्तोषका बुवा प्रेमले बताए । ‘पैसा नभएर उपचार गर्न समस्या थियो ,दाजुभाईको सहयोग मिलेको छ ,अब उपचार गरेपछि ठिक हुन्छ की भन्ने आशा पलाएको छ ,उनले भने ।’
हाल सम्म उपचारमा १ लाख बढी खर्च भएको दर्जिले जानकारी दिए । ज्याला मजदूरी गरेर र चन्दा मागेर अहिले सम्मको खर्च टारेको उनले बताए । सन्तोषको हातमा घाउ समेत बढेको छ ।उनको गण्डकी अस्पताल पोखरामा गर्दै आएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->