शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य


  • Dhorpatan News
  • चैत्र १० २०७५, आइतबार

काठमाडौं, १० चैत – सङ्घीय संसद्को दुवै सदनको तेस्रो अधिवेशन आज (आइतबार) अन्त्य भएको छ । गत पुस ११ गते प्रारम्भ भई चैत १० गतेसम्म जम्मा ८९ दिन चालू रहेको सङ्घीय संसद्को तेस्रो अधिवेशन अन्त्य भएको हो यस अवधिमा प्रतिनिधिसभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएकामा आठ विधेयकसभामा प्रस्तुत हुन बाँकी रहेका छन् ।
सात विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने दुईमाथि राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएका छन् । अन्य छ विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भइसकेको छ । साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न सात विधेयकमध्ये चार विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने दुई विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको र एक विधेयक राष्ट्रियसभामा विचाराधीन रहेको अवस्था छ ।
त्यस्तै राष्ट्रिय सभाको तेस्रो अधिवेशन आइतबारसम्म जम्मा ८९ दिन चालु रह्यो । यस अवधिमा बैठक बसेका २७ दिनहरुमा सभाका ३५ वटा बैठक सम्पन्न भई ३२ घण्टा ४० मिनेट संसदीय कामकारबाहीमा समय व्यतित भएको संसद सचिवालयले जनाएको छ । यस अधिवेशन अवधिमा “कर्मचारी समायोजन अध्यादेश, २०७५” सभा समक्ष पेश भई २०७५ पुस २० गते स्वीकृत गरिएको छ । बैठकबाट “राष्ट्रिय सभा पहिलो संशोधन नियमावली, २०७५” लाई पारित भएको छ । संसद्को अर्को अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->